जलविद्युत आयोजनालाई बनक्षेत्र प्रयोग गर्न दिने सरकारको निर्णय



काठमाडौं । सरकारले जलविद्युत आयोजना निर्माणका लागि जंगल उपलब्ध गराउने निर्णय गरेको छ । सरकारका प्रवक्ता एंव सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले जलविद्युत आयोजना निर्माण गर्ने आयोजनालाई जंगल प्रयोग गर्न अनुमति दिने निर्णय गरेको बताए ।

प्रवक्ता बास्कोटाका अनुसार सुनवलमा निर्माण भइरहेको १३२ केविए सुनवल प्रशारण लाईन, १३२ केबीएको दोर्दी करीडोर प्रशारण लाईन, ६५ मेगावाट विद्युत निर्माण गर्न निलगिरी खोला–२ कास्केट खोला आयोजना ,१३२ केवी प्रशारण लाइनको माथिल्लो सान्जेन जलविद्युत आयोजनालाई आवश्यक वनक्षेत्र प्रयोग गर्न दिने निर्णय भएको बताए ।

पछिल्लो समयमा केही आयोजनामा निर्माणका क्रममा स्थानीय सरकारले जंगल प्रयोग गर्न नदिएका कारण काम प्रभावित हुँदै आएको पनि थियो ।


क्लिकमान्डु