सार्वजनिक जग्गा छानविन गर्ने सरकारको निर्णय

क्लिकमान्डु २०७५ फागुन ३० गते १६:२१ मा प्रकाशित


काठमाडौ । नेपाल सरकारले सार्वजनिक जग्गा छानविन गर्ने निर्णय गरेको छ । फाल्गुन १५ गते बसेको मन्त्रिपरिषद निर्णय गरेको नेपाल सरकारका सूचना, प्रविधि तथा सञ्चार मन्त्री तथा प्रबक्ता गोकुल प्रसाद वास्कोटाले बताएका छन ।

देशका विभिन्न भागमा रहेका सार्वजनिक जग्गा छानविन गर्न सरकारले विभिन्न प्रक्रिया अवलम्बन गर्ने समेत उनले बताए । आज आयोजित मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्दै उनले उक्त कुरा बताएका हुन ।

काठमाडौको वालुवाटारस्थित ललिता निवासभित्रको ११३ रोपनी जग्गा तत्काल रोक्का गर्ने निणर्य सरकारले गरेको छ । त्यसै गरी २०१७ पछि सुवर्ण शम्शेर, भरत शम्शेर लगायतका व्यक्तिहरुको जग्गा एकिन गर्ने र हकवन्दिको टुङगो लगाउने निर्णय समेत सरकारले गरेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स