कैलालीमा जन्ती सवार बसमा आगजनी




काठमाडौं – कैलालीमा एक जन्तीबसमा आगजनी गरिएको छ । उक्त बसमा विहेका लागि हिडेका व्याण्डबाजा बजाउनेहरु सवार रहेको जनाइए्को छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा बिहीबार बिहान मे १ ख ४४१ नम्बरको जन्तीबसमा आगजनी भएको प्रहरीले जनाएको छ ।

आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । नेकपाका कार्यकर्ताले बसमा सवार सबैलाई बाहिर निकालेर आगजनी गरेका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको र राजमार्ग क्षेत्रमा यात्रा गर्ने सवारी तथा यात्रुलाई उचित सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले बताएको छ ।


क्लिकमान्डु