टोयोटाको ६ दिने “रस टु मुस्ताङ्ग” यात्रा सम्पन्न



काठमाडौ । टोयोटाले आयोजना गरेको रस टु मुस्ताङ यात्रा सम्पन्न भएको छ ।
७ वटा रस एस यु भी द्वारा गरिएको ६ दिन लामो मुस्ताङ्ग यात्रा फरक प्रकारका भौगोलिक अवस्थिति, धरातल र सडकहरु पार गर्दै मुस्ताङ्गसम्मको यात्रा पुरा गरिएको हो ।

फाल्गुण २० देखि काठमाडौबाट शुरु भयको यात्रा फाल्गुण २६ गते पोखरा आइ सकिएको थियो । टोयोटाको नया एस यु भी रसले खराव पहाडि सडक कुनै समस्या र रोकावट बिना आफ्नाो यात्रा पुरा गरेको छ । टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता युनाइटेड ट्रेड सिण्डिकेटका सदस्य र विभिन्न मिडियाकर्मिहरुको संयुक्त सहभागितामा यो यात्रा सफलतापुर्वक सम्पन्न भएको हो ।

रस टु मुस्ताङ्गमा सहभागी टोलीले, टोयोटाको पोखरा स्थित डिलर अटो ओयजको शोरुमबाट पुन ¥यालीको आयोजना गरेका थिए । उक्त ¥यालीमा पोखरास्थित टोयोटाका ग्राहक र मोटरका शौखिन अन्यग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो। उक्त र्यालीआयोजनापश्चात १५ टोयोटा रश गडिको सोरुम बुकिङ भएको जनाइएको छ ।


क्लिकमान्डु