सप्तरीको राजविराजमा एन आई सी एशिया बैंकको नयाँ शाखा



काठमाडौं । एन आई सी एशिया बैंकले सप्तरीको राजविराजमा नयाँ शाखा स्थापना गरेको छ ।

राजविराज नगरपालिका वडा नं ८, सप्तरी स्थित राजविराज शाखाको राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसादले उदघाटन गरेका हुन ।

यससंगै यस बैंकले मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु