ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता

140
Shares

काठमाडौ । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरु सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा त्रि.वि, प.नि.का.का तर्पmबाट परीक्षा नियन्त्रक सह–प्राध्यापक पुष्प राज जोशी र ग्लोबल आइएमई बैंकको तर्फबाट किर्तिपुर शाखा कार्यालयका शाखा प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौता पत्र अनुरुप त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालयले आफ्नो कार्यालयमा प्राप्त हुने आम्दानी, शुल्क तथा धरौटी वापतको रकमहरु दैनिक रुपमा संकलन गर्ने, क्याम्पसको हकमा काठमाडौं उपत्यका लगायतका सम्पुर्ण शाखा कार्यालयबाट समेत जम्मा गर्न मिल्ने र विद्मार्थीहरुको हकमा बल्खु स्थित काउन्टरबाट जम्मा हुने तथा प.नि.का. मा कार्यरत कर्मचारीहरुको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवं चेक जम्मा लिने लगायतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराउनेछ ।