महालक्ष्मी विकास बैंकद्धारा विद्यार्थी र जेष्ठ नागरिकहरुलार्ई सहयोग



काठमाडौ । महालक्ष्मी विकस बै.कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुका लागि छात्रबृति दिएको छ ।

बैंकको बैलौरी शाखाले बेलौरी नगरपालिका वार्ड नं ५, रामनगर कञ्चनपुर स्थित श्री जन नमुना माध्यमिक विद्यालयका जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका १० जना विद्यार्थीहरु छनोट गरी कुल २५ हजार रुपैयाँ छात्रवृती स्वरुप प्रदान गरेको छ ।

यसैगरी बैंकको धार्के शाखाले धादिङ्ग जिल्लाको तसर्पु गाउँमा बसोबास गर्ने विपन्न वर्गीय जेष्ठ नागरिकहरु तथा स्थानीय विद्यालयका विद्यार्थीहरुका लागि स्वस्थकर खाना खुवाउने उद्देश्यले प्रेम सागर फाउन्डेसनद्वारा सञ्चालन गरिएको फुड फर पिपुल अभियानका लागि कुल रकम २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकको उक्त सहयोगबाट करिब ४५० विद्यार्थी तथा जेष्ठ नागरिकहरु लाभान्वित भएका छन ।

बैंकले आगामी दिनहरुमा अनवरत रुपमा अझ प्रभावकारी सामाजिक हितका कार्यहरु गर्ने प्रतिबद्धता जनाएको छ ।


क्लिकमान्डु