सर्वसाधारणको लगानीमा धितोपत्र बोर्डले यसरी गर्यो खेलबाड



काठमाडौं । बजार घटेर सेयरमा लगानी गर्न लगानीकर्ताहरु डराइरहेको समयमा कम रेटिङका कम्पनीलाई सेयर जारी गर्न धितोपत्र बोर्डले दिएर लगानीकर्ताको सम्पती जोखिममा पारेको छ ।

बोर्डले यस अघि नै कमजोर आर्थिक अवस्था अर्थात कमजोर ‘५’ रेटिङ पाएका कम्पनीलाई बोर्डले साधारण सेयर (आईपीओ) जारी गर्न अनुमति दिएर लगानीकर्तालाई डुबाउने खेल खेलेको लगानीकर्ताहरुको भनाई छ ।

पछिल्लो समयमा लगानीकर्ताहरुले आर्थिक अवस्था कमजोर भएका कम्पनीहरुलाई सेयर जारी गर्न रोक्न माग गरेपछि बन्द भएको छ । केयर नेपाल र इक्रा नेपालले कम्पनीहरुको वित्तीय अवस्था विश्लेषण गरेर रेटिङ दिने गरेका छन् ।

पछिल्लो समयमा साधारण सेयर जारी गर्ने जलविद्युत कम्पनीको सेयर अयोजना प्रभावितले नकिनेर निकै समस्या भएको छ ।

त्यसअघि बोर्डले पाँच रेटिङ पाएका कम्पनीलाई पनि धमाधम सेयर जारी गर्न लगाएको थियो । कमजोर आर्थिक अवस्था भएका कम्पनीले जारी गरे.को सेयरमा प्राविधिक रुपमा सेयर बजार बुझ्ने लगानीकर्ताहरुले सेयरमा आवेदन दिएनन् भने जानकारी नहुने लगानीकर्ताहरुको लगानी जोखिममा पर्ने देखिएको छ ।

आर्थिक अवस्था कमजोर भएका कम्पनीहरुको सेयरमा आयोजना प्रभावित स्थानीयले पनि सेयरमा आवेदन दिन छाडेको छन् ।

स्थानीयले नकिनेको सेयर सर्वसाधारणलाई बिक्री गर्नुपर्ने अवस्था छ । राम्रो आर्थिक अवस्था भएका कम्पनीको सेयर माग भन्दा कैंयौ गुणा बढी आवेदन पर्ने गरेको छ । यतिबेला कम रेटिङ पाउने कम्पनीहरुमा बढी जलविद्युत क्षेत्रको नै रहेका छन् ।

पछिल्लो समयमा साधारण सेयर जारी गर्ने जलविद्युत कम्पनीको सेयर अयोजना प्रभावितले नकिनेर निकै समस्या भएको छ । आयोजना प्रभावितले सेयर किन्न छोडेपछि त्यो सर्वसाधारणलाई दिने गरिएको छ ।

सेयर नबिकेका कम्पनीको वित्तीय अवस्थाको विस्लेषण गर्ने इक्रा नेपाल र केयर नेपालको रेटिङले उनीहरुको वित्तीय अवस्था निकै नाजुक देखाएको छ ।

तै पनि बोर्डले त्यस्ता कम्पनीलाई सेयर जारी गर्न दिएर जनता ठग्ने काममा उद्धत देखिएको छ । बोर्डले कमजोर रेटिङ भएका कम्पनीलाई सेयर जारी गर्न दिएर जानाजान लगानीकर्ताको लगानी जोखिममा हाल्ने काम गरेको लगानीकर्ताहरु बताउँन थालेका छन् ।

यतिबेला १०० रुपैयाँमा किनेको जलविद्युत कम्पनीको सेयर मूल्य १०० रुपैयाँ भन्दा कम मूल्यमा झरेको छ । जसले लगानीकर्ताहरुलाई डुबाएको छ । अझ कमजोर आर्थिक अवस्था भएका कम्पनीहरुको सेयरले लगानीकर्ताको लगानीलाई कता लैजाने हो त्यो भने हेर्न बाँकी नै छ ।


पुष्प दुलाल