पश्चिमा देशको परनिर्भरता घटाउन ब्रिक्सले संयुक्त पेमेन्ट सिस्टम बनाउँदै



काठमाडौं । पश्चिमा देशहरुको परनिर्भरता घटाउने लक्ष्य साथ ब्रिक्स आवद्ध देशहरुले सामूहिक भुक्तानीका लागि एउटा साझा एप बनाउने घोषणा गरेका छन् ।

ब्रिक्सका ५ देश भारत, चीन, ब्राजिल, रुस र दक्षिण कोरियाले नयाँ पेमेन्ट प्रणाली बनाउने र त्यसमा साझा उद्देश्य र लक्ष्यका साथ काम गर्ने घोषणा गरेका हुन् । रुसी सञ्चारमाध्यमहरुले सो बारेमा जानकारी दिँदै समाचार सामग्री प्रकाशित गरेका छन् ।

त्यस्तो प्रणालीलाई ब्रिक्स पे नाम दिइएको छ । यस्तै एउटा कार्डबाट ५ वटै देशमा भुक्तानी समेत गर्न मिल्नेछ । पश्चिमा देशको परनिर्भरता कम गर्नका लागि यस्तो प्रयास गरिएको उनीहरुले बताएका छन् ।

नयाँ पेमेन्ट प्रणालीका रुपमा एक अनलाइन पेमेन्ट प्रणाली बनाइनेछ । रुसको बेल्थ फन्ड डिपार्टमेन्ट, भारत र चीन मिलेर त्यस्तो काम गरिरहेका छन् । बताइएअनुसार त्यस्तो ब्रिक्स पेले एपल पे तथा सामसुङ पे ले जस्तै काम गर्नेछ । यस्तै मोबाइल प्रयोगकर्ताले मोबाइल फोन मार्फत पनि एक एप डाउनलोड गरेर भुक्तानी गर्न सक्छन् ।

त्यसबाट केही फरक पर्ने छैन प्रयोगकर्ताको खातामा कुन मुद्रा जम्मा भएको छ । प्रणालीले असाध्यै राम्रो सँग काम गर्नेछ । त्यसका लागि ब्रिक्स देशको नेशनल पेमेन्ट सिस्टमको एक खास प्रकारको क्लाउड प्लेटफर्ममा समेत जोडिनेछ ।

त्यस्तो प्रणालीको नमूना परिक्षण यही अप्रिलामा दक्षिण अफ्रिकामा हुनेछ । रसियाका इन्भेस्टमेन्ट फण्डका उपप्रमुखकाअनुसार ब्रिक्सको आफ्नै पेमेन्ट सिस्टम हुने वित्तिकै हाम्रो ट्रान्जिशन पेमेन्ट अन्य देशको परनिर्भरताको अन्त्य हुनेछ ।

ब्रिक्स देशको केन्द्रीय बैंक, सांघाई कोअपरेशन अर्गनाइजेशन , रुसको अगुवाई रहेको युरोसिया इकोनोमिक यूनियनले एक संयुक्त पेमेन्ट प्रणाली बनाउने काम भइरहेको छ ।

दक्षिण अफ्रिकालाई छाडेर ब्रिक्सका अन्य देशको आनै पेमेन्ट सिस्टम रहेको छ । त्यसमा भारतको रुपे, चीनको यूनियन पे, ब्राजिलको इएलओ र रुसको मीर पेमेन्ट सिस्टम रहेको छ ।


पुष्प दुलाल