विद्युतीय गाडी किन्न १० हजार करोड अनुदान दिँदै भारत सरकार



पछिल्लो समयमा भारतमा विद्युतीय सवारीको प्रयोग बढ्दै गएको छ । बढ्दो वातावरण प्रदुषणलाई रोक्न सरकारले विद्युतीय सवारी साधन खरीदमा समेत अनुदान दिन थालेको छ ।

के विद्युतीय सवारी साधन खरीदका लागि सरकारले २.५ लाख अनुदान दिँदैछ भन्ने आशयका समाचार सामग्री समेत प्रकाशित भएका छन् । हो, अनुदानको विषयमा सरकार गम्भीर छ, त्यही प्रक्रियामा हामी काम गरिरहेका छौ, भारतीय सरकारी अधिकारीको भनाइलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले समाचार सामग्री समेत प्रस्तुत गरेका छन् ।

यता नेपालमा भने खरीद गरिएका २ वटा ठूला बस सञ्चालनका लागि समेत अनेकन तिकडम भइरहेका छन् । कोहीले बस चीनमा बनेको भन्दै हल्ला गरिरहेका छन् भने कोहीले भारतमा बनेको बसलाई चिनियाँ भन्दै ल्याइएको र ढाटिएको टिप्पणी पनि गरेका छन् ।

उता भारतमा भने विद्युततीय सवारीको प्रवद्र्धनका लागि भन्दै सरकारले १० हजार करोडको प्याकेज अगाडि सारेका छ । पेट्रोलियम पदार्थ प्रयोग हुने सवारी साधनलाई क्रमशः हटाएर विद्युतीय सवारी साधनमा जोड दिने सरकारको लक्ष्य रहेको छ ।

सवारी साधन निर्माता कम्पनी महिन्द्राले आफ्ना सवारी साधान खरीद गर्नेलाई १.५ लाख अनुदान दिने घोषणा गरेको छ । सो कम्पनीको इ भेरिटो नामक असाध्यै राम्रो मानिएको महिन्द्राको सो सवारी सधान पछिल्ला दिनमा भारतीय बजारमा समेत लोकप्रिय हुन थालेका छन् । महिन्द्राको टु ह्विलर सवारी साधन मात्रै ४० हजार भारतीय मुद्रा अनुदान पाउन सक्छन् ।

सरकारले ६० हजार विद्युतीय सवारी खरीदकर्तालाई अनुदान दिने बताएको छ । त्यस्तो अनुदान २० हजार हाइब्रिड कारका खरीदकर्ताले समेत पाउने टाइम्स अफ इन्डियाले जनाएको छ ।

यस्तै सार्वजनिक सवारी साधनको रुपमा रहेको विद्युतीय बस देखि दुइृ पाङ्ग्रे र तीन पाङग्रे सवारी साधनमा समेत अनुदान उपलब्ध हुनेछ । त्यस्तै अनुदान विद्युतीय रिक्साका लागि समेत उपलब्ध हुनेछ ।

गत बिहिबार भारतको मन्त्रिपरिषद्मा उक्त प्रस्ताव प्रस्तुत गरिएको थियो । द्रुतत्तर रुपमा विद्युतीय सवारी साधनको प्रयोग बढाउनका लागि उत्पादनमा समेत बढावा दिने प्रयास गरिएको छ । पहिलो चरणमा मात्रै ५५,०० करोड उपलब्ध गराउने प्रस्ताव गरिएको छ ।

यस्तै विद्युतीय सवारीमा प्रयोग हुने व्याट्रीको अनुदानमा समेत १० हजार भारतीय मुद्राबाट बढाएर २० हजार भारतीय मुद्रा प्रति किलो वाट घण्टा बराबर हुने गरी व्यवस्था गरिने भएको छ ।

महिन्द्राको इ भेरिटो खरीद गर्नेले औसतमा १.५ लाख प्राप्त गर्नेछन् । यस्तै राम्रो खालको विद्युतीय दुई पाङ्ग्रे सवारी साधानमा ४० हजार भारतीय मुद्रा अनुदान पाउनेछन् । यस्तै विद्युतीय बसमा भने ६० लाखसम्म अनुदान दिने व्यवस्था गरिएको विवरणमा उल्लेख छ ।

अनुदानका कारण विद्युतीय सवारीमा आर्कषण बढ्ने र दुई पाङ्ग्रे सवारीदेखि ठूला क्षमताका सवारीमा समेत उपभोक्ताले विशेष चासो दिने सरकारको विश्वास रहेको छ ।


क्लिकमान्डु