विकास बैंकको नाफा २८ प्रतिशतले बढ्यो, मुक्तिनाथ नै नम्बर वान, कसको नाफा कति ?



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा राष्ट्रियस्तरका विकास बैंकहरुको नाफामा सुधार देखिएको छ ।

बैंकहरुले जारी गरेको वित्तीय विवरण हेर्दा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोहि अवधिमा २७.७७ प्रतिशतले नाफा बढेको छ ।

गत आवको सोहि अवधिमा २ अर्ब १५ करोेड ८१ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गरेका विकास बैंकले चालु आवको सोहि अवधिमा २ अर्ब ७५ करोड ७५ लाख ८५ हजार रुपैयाँ नाफा कमाएका छन् ।

१३ वटा विकास बैंकमध्ये देवः विकास बैंक र महालक्ष्मी विकास बैंकको नाफामा गिरावट आएको छ । यो अवधिमा बसै भन्दा बढी नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । मुक्तिनाथको नाफा ४० करोड ४८ लाख ३० हजार रहेको छ । मुक्तिनाथ केही वर्षयता लगातार सबैभन्दा धेरै कमाउने विकास बैंक बनेको छ ।

यस्तै सबै भन्दा कम नाफा आर्जन गर्ने बैंकमा भार्गव विकास बैंक रहेको छ । यसको नाफा जम्मा ३ करोड ३१ लाख ६५ हजार मात्र रहेको छ ।

 


पुष्प दुलाल