बीमा कम्पनीले आफूखुसी उपहार दिन नपाउने



काठमाडौं । बीमा समितिल बीमा कम्पनीहरुलाई आगामी दिनमा बीमा व्यवसाय प्रबद्र्धन गर्न भन्दै कुनै पनि उपहार नदिन निर्देशन दिएको छ ।

समितिले निर्देशन जारी गर्दै कुनै प्रवर्द्धनात्मक कार्यक्रम गर्न परेमा प्रोत्साहन तथा उपहार कार्यक्रमहरु समितिबाट स्वीकृति लिएर मात्र सञ्चालन गर्न निर्देशन दिएको हो ।

समितिले परिपत्र जारी हुनुपुर्व कुनै उपहार कार्यक्रमहरु जे जस्तो अजस्थामा रहेको छ, त्यही स्थितीमा समितिको पूर्वस्वीकृत लिन निर्देशन दिएको छ ।

बीमा कम्पनीहरुले मनोमानी रुपमा उपहार दिँदा त्यसले नकारात्कम असर सृजना हुने जनाएको छ । बजारलाई स्वतन्त्र रुपमा नै छोडनु पर्ने र यसका कभिकर्ताहरुलाई पनि कुनै खालको प्रलोभनमा पार्न नहुने बताइएको छ ।


पुष्प दुलाल