बेनेल्लीका तीनवटा नयाँ बाइक सार्वजनिक, यस्तो छ मूल्य विवरण



काठमाडौ । बेनेल्ली मोटरसाइकल कम्पनीका तीनवटा मोडेल हालै नेपालमा सार्वजनिक भएका छन ।

बेनेल्ली मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता के टि एम इन्टरनेशनलले उक्त मोडेलहरु सार्वजनिक गरेको हो । भर्खरै सार्वजनिक भएका यी मोडेलहरुले मोटरसाइकल पारखीहरुकोा मन जित्नेमा कम्पनी विश्वस्त रहेको जनाएको छ ।
हालै सार्वजनिक भएका ती मोडेलहरु टी एन टी १५, टी एन टी १५० र बी एन २५१ रहेका छन । जसमध्ये बी एन २५१ मोडल २५० सिसि क्षमताको हो भने अन्य दुवै मोडेल १५० सिसि क्षमताका रहेका छन ।

टी एन टी १५ को मूल्य २ लाख ३० हजार, टी एन टी १५० को ३ लाख १५ हजार र बी एन २५१ को मूल्य ५ लाख २० हजार रहेको छ ।

उक्त कम्पनीले १३५ देखि ६००सि सि सम्मका विभिन्न श्रृखलाका मोटरसाईकलहरु उत्पादन गर्दै आएको छ ।


पुष्प दुलाल