यी हुन् संसारका २० उत्कृष्ट सेयर बजार, कसको बजार पूँजीकरण कति ?



काठमाडौं । संसारभर नै सेयर बजारलाई आर्थिक क्षेत्रको ऐनाको रुपमा लिने गरिएको छ । अर्थतन्त्र के कति मात्रामा सबल छ भन्ने कुराको जानकारी सेयर बजारले दिने भएकाले यसलाई अर्थतन्त्रको ऐना भनिएको हो ।

संसारभर नै अर्थतन्त्रको प्रमुख आधार मानिने सेयर बजारको अवस्थाको बारेमा अध्ययन तथा अनुसनधान हुने गरेको छ । यस आधारमा विश्वका उत्कृष्ट २० सेयर बजारको बारेमा अध्ययन गरिएको छ ।

भिजुअल क्यापिटल लिस्टकाअनुसार न्यूयोर्क स्टक एक्सचेञ्ज विगत २२४ वर्षदेखि सञ्चालनमा रहेको छ । सो सेयर मार्केटमा १८०६ वटा कम्पनीको सेयर सूचीकृत भएको छ । सो सेयर बजारको बजार पूँजीकरण १९२२३ बिलियन डलर रहेको छ ।

यस्तै अमेरिकाकै अर्को सेयर बजार एनएएसडिएक्यू पनि दोस्रो शीर्ष स्थानमा रहेको छ । सो सेयर बजारको बजार पूँजीकरण ६८३१ बिलियन डलर रहेको छ । विगत ४५ वषृदेखि सञ्चालमा रहेको उक्त सेयर बजारमा ३०५८ कम्पनीका सेयर सूचीकरण भएका छन् ।

तेस्रोमा लण्डन स्टक एक्सचेञ्ज रहेको छ । ६१८७ बिलियन डलर बजार पूँजीकरण रहेको सो सेयर बजार २१५ वर्षदेखि सञ्चालनमा छ । ३०४१ कम्पनीको सेयर सूचीकृत छ ।

यस्तै जापनाको टोक्यो स्टक एक्सचेञ्ज विगत १३८ वर्षदेखि सञ्चालनमा रहेको छ । २२९२ कम्पनीको सेयर सूचीकरण भएको सो सेयर बजारको बजार पूँजीकरण ४४८५ बिलियन डलर रहेको छ ।

चीनको सांघाई स्टक एक्सचेञ्ज विगत २६ वर्षदेखि सञ्चालनमा छ । सो सेयर बजारमा १०४१ कम्पनीको सेयर सूचीकृत छन् । बजार पूँजीकरण ३९८६ बिलियन डलर रहेको छ ।

हङकङ स्टक एक्सचेञ्ज विगत १२५ वर्षदेखि सञ्चालनमा छ । सो सेयर बजारमा १८६६ कम्पनीको सेयर सूचीकृत छ । ३३२५ बिलियन डलर बजार पूँजीकरण रहेको सो सेयर बजारलाई संसारभर नै उत्कृष्ठ सेयर बजारको रुपमा लिइन्छ ।

यस्तै यूरोनेक्ट १२९९ कम्पनीका सेयर सूचीकृत छन् । ३३२१ बिलियन डलर बजार पूँजीकरण रहेको सो सेयर बजार विगत १६ वर्षदेखि सञ्चालनमा छ । टोरन्टो स्टक एक्सचेञ्जमा १५२४ कम्पनीका सेयर सूचीकृत छन् । २७८१ लिलियन डलर बराबरको बजार पूँजीकरण रहेको सो सेयर बजार १५५ वर्षदेखि सञ्चालनमा छ ।

यस्तै सेन्जेन स्टक एक्सचेञ्जको बजार पूँजीकरण २२८५ बिलयिन डलर रहेको छ । विगत २९ वर्षदेखि सञ्चालनमा रहेको सो सेयर बजारमा १४२० कम्पनीका सेयर सूचीकृत छन् ।

फ्याक्फर्ट स्टक एक्सचेञ्जको १७६६ बिलियन डलर बराबरको बजार पूँजीकरण रहेको छ । कूल ३७६९ कम्पनीको सेयर सूचीकरण भएको सो सेयर बजार ४३१ वर्षदेखि सञ्चालनमा छ ।

यस्तै भारतको मुम्बई स्टक एक्सचेञ्जमा ५७४९ कम्पनीको सेयर सूचीकृत छन् । विगत १४१ वषृदेखि सञ्चालनमा रहेको सो सेयर बजारको बजार पूँजीकरण १६८२ बिलियन डलर रहेको छ ।

सिक्ट स्वीस एक्सचेञ्जमा २६२ कम्पननीको सेयर सूचीकरण भएको छ । विगत २१ वर्षदेखि सञ्चालनमा रहेको सो सेयर बजारको बजार पूँजीकरण १५६१ बिलियन डलर रहेको छ ।

यस्तै अष्ट्रलियाको अष्टे«लियन सेक्युरिटी एक्सचेञ्जको बजार पूँजीकरण १२७२ बिलियन डलर रहेको छ । विगत २९ वर्षदेखि सञ्चालनमा रहेको सो सेयर बजारमा २१६६ कम्पनीको सेयर सूचीकरण छ ।

पन्ध्रौ नम्बरमा रहेको कोरिया एक्सेचञ्जको बजार पूँजीकरण १२५१ बिलयन डलर रहेको छ । सो सेयर बजार विगत ११ वर्षदेखि सञ्चालनमा रहेको छ । कूल २०३० कम्पनीका सेयर सूचीकृत छन् ।

त्यस्तै नासडा नर्डिकको १२१२ बिलियन डलर बजार पूँजीकरण रहेको छ । विगत १३ वर्षदेखि सञ्चालनमा रहेको सो सेयर बजारमा ५६४ कम्पनीको सेयर सूचीकृत छन् ।

जेएसइ लिमिटेडको बजार पून्जीकरण ९५१ बिलियन डलर रहेको छ । विगत १२८ वर्षदेखि सञ्चालनमा रहेको सो बजारमा ४७२ कम्पनकिो सेयर सूचीकरण भएको छ ।

यस्तै म्याड्रिड स्टक एक्सेचञ्जको बजार पूँजीकरण ९४२ बिलियन डलर रहेको छ । विगत १८५ वर्षदेखि सञ्चालनमा रहेको सो सेयर बजारमा १७५ कम्पननीको सेयर सूचीकृत छन् ।

यस्तै ताइवान स्टक एक्सचेञ्जको बजार पूँजीकरण ८६१ बिलियन डलर रहेको छ । ७५८ कम्पननीको सेयर सूचीकरण भएको सो सेयर बजार विगत ५५ वर्षदेखि सञ्चालनमा छ ।

बिएम उण्ड एफ बोभेस्पाको बजार पूँजीकरण ८२४ बिलियन डलर रहेको छ । विगत १२६ वषृदेखि सञ्चालनमा रहेको सो सेयर बजारमा ३६५ कम्पनीको सेयर सूचीकरणमा रहेका छन् ।

नेपालको सेयर बजार निरन्तर ओराला लाग्दै आएको छ । लगानीकर्ता निराश छन् । बजार पूँजीकरण पनि क्रमशः घटीरहेको बेला अन्तर्राष्ट्रिय सेयर बजारमा भने राम्रै चमकधमकरहेको छ ।


पुष्प दुलाल