कृषि विकास बैंकको २१.०५३ प्रतिशत लाभांश प्रस्ताव



काठमाडौं । कृषि विकास बैंकको चैत १५ गते साभारण सभा गर्ने भएको छ ।

बैंकले सर्वसाधारण सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १५.०५३ प्रतिशत नगद लाभांशसहित २१.०५३ प्रतिशत लाभांश दिने प्रस्ताव साभारण सभामा लैजाने भएको छ । बैंकको लाभांशका साथै अन्य प्रस्तावहरु पनि रहेका छन् ।

साधारण सभाले उक्त लाभांश प्रस्ताव पारित गरेपछि लगानीकर्ताले पाउने छन् । उक्त बोनस पाउनका लागि फागुन १५ गते भित्र बैंकको सेयरधनी हुनुपर्नेछ । चैत १५ गते हुने साधारण सभाका लागि बैंकले फागुन १६ देखि चैत १५ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । उक्त साधारण सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा हुने बताएको छ ।


क्लिकमान्डु