माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु अस्पतालमा उपचार गराउँदा १५ प्रतिशत छुट



काठमाडौं । माछापुच्छ्रे बैंक र चिरायू नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूटबीचबैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा चिरायूु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूटको तर्फबाट सञ्चालन निर्देशकश्री चण्डेश्वर वैद्यले हस्ताक्षर गरे ।

सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले चिरायू नेशनल अस्पतालका सेवाहरुमा १५ प्रतिशत सम्मको छुट पाउनेछन् ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । चिरायू अस्पतालले आफ्नो स्थापनाकालदेखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

बंैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना ९३ वटा शाखाहरु लगायत ६२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा १५५ स्थानबाट ग्राहकलाई सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।


क्लिकमान्डु