पुनरकर्जा र सिएसआरबाट मौद्रिक नीतिको परिवर्तन गरिएको व्यवस्था राष्ट्र बैंकद्धारा कार्यान्वयन गर्न सुरु



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समिक्षा मार्फत परिवर्तन गरेको सिएसआर र पुनरकर्जा मार्फत कार्यान्वयन सुरु गरेको छ ।

राष्ट्र बैंकले निर्देशिका जारी गर्दै वाणिज्य बैंक र राष्ट्रियस्तरका वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व(सिएसआर) अन्गर्तत छुट्याएको रकम हरेक प्रदेशमा न्यूनतम १० प्रतिशतको दरले खर्च गर्नुपर्ने छ ।

पुनरकर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले अबदेखि ८ प्रतिशत ब्याजदरमा ऋण दिनुपर्ने छ । राष्ट्र बैंकले ५ प्रतिशत ब्याजदरमा दिने पुनरकर्जालाई ४ प्रतिशतमा झारेको थियो । जसले गर्दा ऋणीले अबदेखि ८ प्रतिशत ब्याजदरमा पुनरकर्जा सुविधा पाउने छन् ।
निर्यात पुनरकर्जाको ब्याजदर ३ प्रतिशत हुने व्यवस्था कार्यान्वयनमा गएको छ ।


क्लिकमान्डु