बैंकर्स संघको निष्कर्षः व्यापारीको माग हुबहु कार्यान्वयन भए बैकिङ क्षेत्र डुब्छ



काठमाडौं । नेपाल बैकर्स संघले मौद्रिक नीतिको मध्यावधी समिक्षामा परिवर्तन गरिएको नीति कार्यान्वयन भए बैकिङ क्षेत्र धरासायी हुने निष्कर्ष निकालेको छ ।

व्यापारीको माग पुरा गर्न राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको व्यवस्थाले बैकिङ क्षेत्र धरासायी हुने बैंकरहरुको निष्कर्ष निकालेका हुन् ।

ब्याजदर अन्तरको गणनाविधी परिवर्तन गर्ने, सेवा शुल्कको व्यवस्था परिमार्जन गर्ने, उत्पादनशील क्षेत्रमा बेस रेटको २ प्रतिशत मात्रै प्रिमियम लिन पाउने लगायतका विषय मौद्रिक नीतिको मध्यावधी समिक्षा मार्फत परिवर्तन भएको थियो ।

संघले मौद्रिक नीतिले बैकिङ क्षेत्रमा गरेको व्यवस्थाले ब्याजदर आम्दानी ३२ प्रतिशतले घट्ने र बैंकलाई समस्या पर्ने भएपछि बुधबार बिहान बैठक बोलाएको थियो ।

संघको पूर्ण सदस्यको आकस्मिक बैठकको निष्कर्षले व्यवसायीको आन्दोलन र पछि मौद्रिक नीतिमा गरिएको व्यवस्थाले बैकिङ क्षेत्रमा चुनौती थपिएको बैठकमा सहभागी एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।

‘ब्यापारीको माग अनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा धेरै परिवर्तन गरिएको छ, यो हुबहु कार्यान्वयन भए बैंकिङ क्षेत्र डुब्छ,’ ती सीइओले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु