दुइतिहाइको बेतिथिः सरकारले पूर्वराष्ट्रपति देखि कार्यकर्तालाई पैसा बाँड्यो, कसलाई कति ?



काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न व्यक्तिलाई उपचार तथा अन्य सहयोगका नाममा राज्य कोषको रकम बाँडेको पाइएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सर्लाहीका राम विास महत्तोको परिवारलाई १० लाख रुपैया आर्थिक सहायता दिएको छ ।

यस्तै पटकपटक राज्य कोषबाट रकम लिएका पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई पछिल्लो पटक परराष्ट्र मन्त्रालय मार्फत २ लाख रुपैयाँ सहयोग दिइएको छ । डा यादवले भारतमा स्वास्थ्यो उपचार गरेको भन्दै उक्त परिमाणको आर्थिक सहयोग दिएको हो ।

यस्तै धनकुटाका जनार्दन आचार्य, नेपालगन्जका विन्दु कुँवर र मोहनकुमार श्रेष्ठ, थुलुङ दुधकोशीका अनुप्रशान्त राई र पाल्पाका केशी न्यौनेपाल्इृ जनही ५ लाखका दरले २५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।

ती आर्थिक सहायता कुन प्रयोजनाका लागि किन उपलब्ध गराइएको हो भन्ने बारेमा केही बताइएको छैन ।

यस्तै गुल्मीमा थानेश्वर ज्ञवालीलाई ५ लाख, मदनमणि दिक्षितलाई ७ लाख, वसन्तकुमार शर्मालाई ५ लाख, सत्यम शर्मा सापकोटालाई ५ लाख गरी कूल २२ लाख रुपैयाँ आर्थिक सहायता दिएको छ । सो रकम समेत कुन प्रयोजनाका लागि किन दिइएको हो, सो बारेमा केही बताइएको छैन ।

ती सहयोग गृह मन्त्रालय मार्फत उपलब्ध गराइएको हो । यस्तै गाइघाटका खड्गबहादुर आलेलाई ५ लाख, थानेश्वर ज्ञवालीलाई ५ लाख गरी १० लाख सहयोग उपलब्ध गराएको छ ।

यस्तै प्रतिनिधिसभाको निर्वाचनको क्रममा शान्ति सुरक्षा दिने क्रममा खुट्टा भाँच्चिएकी पुतलीकुमारी बोहोरालाई ९५ हजार १७७ उपचार खर्च दिएको छ ।

यस्तै शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कार्यरत विष्णा जोशीलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको छ ।


पुष्प दुलाल