नेपाली बजारमा भित्रियो स्यान्ट्रो, सुरुवाती मूल्य २४ लाख ९६ हजार



नेपालको लागी हुण्डाइ मोटरको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालि. ले नेपालको उत्कृष्ट फेमिली ह्याचब्याक गाडी दिअल न्यू स्यान्ट्रो हुण्डाइ पुनः नेपालीबजारमा भित्र्याएको छ । हुण्डाइ मोटर्स र लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिको १० वर्षको साझेदारीको उपलक्ष्यमा आयोजना गरिएको उक्त कार्यक्रम सोल्टी क्राउनप्लाजाहोटलमा नयाँ स्यान्ट्रो सार्वजनिक गरिएको थियो ।

बजारको बदलिदो मागलाई ध्यानमा राखी मोर्डन र स्टाइलिस् डिजाईन, आरामदायी र प्रिमियमक्यावेन, नयाँयुगको टेक्नोलोजि, ग्राहक केन्द्रित सुरक्षा र उत्कृष्ट परफोममेन्सका साथनयाँ स्यान्ट्रो गाडी पुनः नेपालीबजारमा भित्रीएको छ ।

नयाँ स्यान्ट्रो गाडीको अनावरण कार्यक्रममा रुपेश शर्मा भट्ट, महाप्रबन्धक, लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले भने, “नेपाली परिवारले सबैभन्दा बढी रुचाएको ह्याचब्याक गाडी, स्यान्ट्रोलाई पुनःनयाँ र परिमार्जित संसकरणका साथ नेपाली बजारमा भित्र्याउन सफल भएकोमा हामी अत्यन्तखुशी छौं । हुण्डाइ स्यान्ट्रोको अघिल्लो संसकरणले नेपालीहरुको मन जित्न सफलभएको थियो र यो नयाँ र मोर्डन स्यान्ट्रोले पनिग्राहकहरुको मन जित्न सफलभई ग्राहकहरुको बदलिदो मागलाई पुरा गर्न सफल हुनेमा आशावान छौं । नयाँ स्यान्ट्रोले आफ्ना ग्राहकहरुलाई मोर्डन र प्रिमियमअनुभवदिन सफल हुनेछ ।”

नयाँ स्यान्ट्रोले पुरानो स्यान्ट्रोले भन्दा बढी क्याविन स्पेस प्रदान गर्नुका साथै अन्य धेरै प्रिमियम विशेषताहरु ल्याएको छ । जस अन्तर्गत १७.६४ से.मी. स्मार्ट फोन कनेक्टिभिटी तथा भ्वाइस रिक्गनिसनजडित अडियो भिडियोप्रणालीे, रियर पार्किङ्ग क्यामरा, स्टेरिङ्ग माउण्टेड कन्ट्रोल अडियो तथा ब्लूटुथ कन्ट्रोल र रियर ए.सी. भ्यान्स रहेको छ । नयाँ स्यान्ट्रोले नयाँ १.१ लिटर, ४– सिलेण्डर पेट्रोल इन्जिनजसले ६९ पि.एस पावर र १०.१ के.जि.एम. को टर्क प्रदान गर्नेछ । गाडीका विभिन्नविशेषताहरु जस्तै एन्टी लक देखि प्रणालीका साथै इलेक्ट्रोनिक ब्रेक फोर्स वितरण र दोहोरो फ्रण्ट एयर ब्याग रहेको छ ।

नेपालीग्राहकको लागी हुण्डाइ सबैभन्दा बढी रुचाइएको गाडी हुन सफलभएको छ । हुण्डाइले सदैब आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय प्रिमियमउत्पादनहरुका साथै उत्कृष्ट सर्भिसको अनुभवप्रदानगर्दै आइरहेको छ ।

तीनवटा मोडलको स्यान्ट्रो कम्पनीले भित्राएको छ । जसमा हुन्डाई म्याग्नाको मूल्य २४ लाख ९६ हजार, स्पोर्ट्जको २६ लाख ९६ हजार,आस्टाको २९ लाख ९६ हजार भने म्याग्ना अटोमेटीक भर्सनको मूल्य २८ लाख ५६ हजार रुपैयाँ रहेको छ ।


क्लिकमान्डु