माछापुच्छ्रे बैंकको पाँच शाखा एकैपटक सञ्चालनमा



काठमाडौं । माछापुच्छ्रे बैंकले चितवन, तनहुँ, लमजुङ, बागलुङ र काठमाडौसहित पाँच ठाँउबाट शाखा रहित बैकिङ सेवा संचालनमा ल्याएको छ ।

बैंकले चितवनको इच्छाकामना गाउँपालिका स्थित फिस्लिङ, तनहुँको म्याग्दी गाउँपालिका स्थित तार्पु, लमजुङको मध्य नेपाल नगरपालिका स्थित दुइपिप्ले, बागलुङको काठेखोला गाउँपालिका स्थित रेशामा र काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित भत्केपाटी पिपलबोटमा शाखा रहित बैकिङ सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

बैकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले ग्राहक सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ सेवा पु¥याइरहेको जनाएको छ । योसहित बैंकको शाखा संख्या ६१ पुगेको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित शाखा रहित सेवा केन्द्रबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले अहिले ९३ वटा शाखा तथा ६१ शाखा रहित बैकिङ सेवासहित १५४ स्थानबाट बैकिङ सुविधा दिएको जनाएको छ । बैंकको देशभर ११४ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।


क्लिकमान्डु