नेपाल लाइफको नाफा २८ करोड, जीबन बीमा कोषमा ५६ अर्ब ७३ करोड



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा इन्स्योरेन्सले २८ करोड ५ लाख २६ हजार १२१ रुपैयाँ खुद नाफा कमाएको छ ।

इन्स्योरेन्सको नाफा गत वर्षको यसै अवधिमा २७ करोड ९६ लाख ८० हजार ६११ रुपैयाँ रहेको थियो । यो अवधिमा इन्स्योरेन्सको नाफा ०.३० प्रतिशतले बढेको छ ।

इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार ६४८ रुपैयाँ छ भने जगेडा कोषमा ३ अर्ब ७३ करोड ६१ लाख ७० हजार २८६ रुपैयाँ रहेको रिपोर्टमा उल्लेख छ । यस्तै इन्स्योरेन्सको महाविपत्ति कोषमा ३७ करोड ११ लाख ६ हजार ११३ रुपैयाँ छ ।

गत वर्ष ४५ अर्ब ६३ करोड ४१ लाख १४ हजार १०७ रुपैयाँ थियो जीवन बीमा कोष अहिले ५६ अर्ब ७३ करोड ८३ लाख ८७ हजार ७९६ रुपैयाँ पुगेको छ ।

१० अर्ब ४७ करोड ५४ लाख ७६ हजार १९१ रुपैयाँ खुद बिमा शुल्क आर्जन गर्न इन्स्योरेन्सको पुनर्बिमा कमिशन आय १ करोड ५१ लाख ८१ हजार ९५३ रुपैयाँ रहेको छ ।

यो अवधिमा ५ अर्ब २० करोड ५४ हजार ९४० रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७६ पैसा रहेको इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ ३८ पैसा रहेको छ ।


पुष्प दुलाल