टाटा मोटर्सलाई झड्का, जेएलआरको कारण ३.८ अर्ब अमेरिकी डलरको घाटा



टाटा मोर्टर्सको आम्दानीमा नराम्रोसँग झड्का लागेको छ । जसले गर्दा शुक्रबार भारतीय सेयर बजारमा टाटाको सेयर मूल्य १६ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरणमा टाट मोटर्सलाई २६ हजार ९६१ करोड भारतीय रुपैयाँ घाटा लागेको छ । टाटा मोटर्सको ब्रिटिश युनिट जगुआर ल्याण्ड रोबर(जेएलआर)लाई ३.८ अर्ब अमेरिकी डलरको घाटा लागेको छ ।

इन्पेरिमेन्ट चार्ज,चीनमा बिक्री आएको कमी ब्रेजिक्टको कारण टाटा मोटर्सलाई सबैभन्दा बढी घाटा लागेको हो ।

भारतीय बजारमा बलियोः चन्द्रशेखरन

टाटा ग्रुपका अध्यक्ष चन्द्रशेखरनले कम्पनीको घरेलु व्यवसायमा निकै नै बलियो भएको बताए । उनले कारोबार रकम नाफासँगै कम्पनीले नयाँ मोडल लन्च गर्ने काम अगाडि बढाएको बताए ।

उनले चीनको बजारमा जेएलआरलाई भने निकै ठूलो चुनौती थपिएको बताए ।
‘कम्पनीले प्रतिस्पर्धा दिन तथा लागत घटाउन र नगद प्रवाह बढाउनको लागि सुधारको काम गरिरहेको छ,कम्पनी अहिलेको प्रोडक्ट र नयाँ प्रविधिमा आधारित रहेर लगानी गरिरहेको छ,’उनले भने ।

मुम्बईस्थित कार उत्पादक टाटा मोटर्सले चीनमा जागुअरको माग घटेको तथा ब्रेक्जीटको अनिश्चिततासँगै बढ्दो ऋणका कारण समस्या आएको जनाएको छ ।

कम्पनीले सन् २०१८ को अन्तिम चौमासिक ९सेप्टेम्बरदेखि डिसेम्बरसम्म० अवधिमा खूद नोक्सानी ३ अर्ब ८० करोड डलर ९२ खर्ब ७० अर्ब भारतीय रुपैयाँ० भएको जनाएको छ । अघिल्लो वर्ष त्यही अवधिमा कम्पनीको नाफा १२ अर्ब भारतीय रुपैयाँ भएको थियो ।

भारतीय कर्पोरेट इतिहासमै यो सबैभन्दा ठूलो नोक्सानी हो । ब्लुमबर्ग न्यूजका अनुसार यसअघि सन् २०१२ मा इन्डियन आयल कर्पोरेसनले सबैभन्दा बढी नोक्सानी व्यहोरेको थियो ।

‘अहिले उद्योगका लागि कठिन घडी हो, तर हामी दिगो र नाफामुखी वृद्धि सुनिश्चित गर्नेतर्फ केन्द्रित हुनेछौं,’ जागुअर ल्यान्डरोभरका प्रमुख कार्यकारी राल्फ स्पेथले भने ।

चीनमा कारको बिक्री घटेसँगै जागुअर ल्यान्डरोभरले अघिल्लो साता विश्वभर चार हजार ५०० कामदार हटाउने निर्णय गरेको थियो ।

ब्लुमबर्गका अनुसार विगत १२ महिनामा टाटा मोटर्सको सेयरमूल्यमा ५० प्रतिशतभन्दा बढी घटेको छ । विगत २६ वर्षमा टाटा मोटर्सको सेयरमूल्य एकै दिन यतिठूलो परिमाणमा घटेको यो पहिलोपटक हो ।

ऐजेन्सीको सहयोगमा


क्लिकमान्डु