बाहिरी चक्रपथ निर्माणमा अर्थ र सहरी विकास मन्त्रालयको अवरोध, प्राधिकरण भन्छ- काम गर्न दिएनन्



काठमाडौं । अर्थ मन्त्रालय र सहरी विकास मन्त्रालयका असहयोग गरेपछि बाहिरी चक्रपथ निर्माण हुन नसकेको उपत्यका विकास प्राधिकरणले बताएको छ ।

हालसम्म बाहिरी चक्रपथ आयोजना अन्र्तगत ६.६ किलोमिटर सडकको मात्रै अध्ययन भएको छ । चोभारदेखि सतुङ्गल खण्डको अध्ययन बाहेको अन्य कुनै काम हुन सकेको प्राधिकरणले जनाएको छ ।

‘सहरी विकास मन्त्रालय बाहिरी चक्रपथ निर्माणको लागि निर्णय दिदैँन, अर्थ मन्त्रालयले बजेट दिदँैन अनि बाहिरी चक्रपथ कसरी निर्माण हुन्छ ?’ प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले क्लिकमाण्डूसँग भने ।

आयोजना ढिला हुदाँ खर्च बढ्ने उनको भनाइ छ । नयाँ विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) पहिला २४ अर्ब रुपैयाँ र पछि ७२ अर्ब रुपैयाँ भनिए पनि अब अब आयोजना निर्माण हुनका लागि १ खर्ब लाग्ने तिवारी बताउँछन् ।

‘आयोजना बनाउन जति ढिला भयो उति लागत बढ्छ,’ तिवारीले भने, ‘ निर्माणका लागि अर्थ मन्त्रालयलाई बजेट छुट्याउन आग्रह गर्यौं तर अर्थले बजेट दिएन ।’

२०७४ सालमा संसदबाट निर्णय गरी ७२ किलोमिटरमध्ये चोभार–संतगुल ६ किलोमटिर ल्यान्डपुलिडग सुरु गर्ने भनिएको थियो । तर, अहिलेसम्म हुन नसकेको उनले जानकारी दिए ।

५ सय मिटर बाहिर चक्रपथ र त्यसको दायाँबायाँ २५०/२५० मिटर करिब ८ हजार मिटर जग्गा अधिग्रहण गर्ने भनेर प्राधिकरणले निर्णय गरेको थियो । प्राधिकरणले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उक्त निर्णय पठाउँदा प्रशासन कार्यालय काठमाडौंले २०३४ को ऐन अनुसार जग्गा अधिग्रहण हुनुपर्नेमा पूरा निर्णय नभएको भन्दै फाइल प्राधिकरणमा फिर्ता पठाएको तिवारीले जानकारी दिए ।

प्राधिकरणले सोहि अनुसार निर्णय हुनुपर्छ भन्दै मन्त्रिपरिषदमा फाइल पठाएको थियो । तर उक्त फाइल अझैसम्म प्राधिकरणमा नआइपुगेको भन्दै तिवारीले गुनासो गरे ।

‘सहरी विकास मन्त्रालयले अध्ययन गरिएको चोभारदेखि सतुङ्गलको जग्गाको साथै अन्य जग्गाको पनि रोक्का राख्न निर्देशन दिएको छ, तर त्यसपछि भने कुनै जानकारी आएको छैन,’ उनले भने ।

यद्यपि मन्त्रालयले निर्णय गरी प्राधिकरणलाई काम गर्न निर्देशन दिएमा प्राधिकरण तयारी अवस्थामा रहेको आयूक्त तिवारीको भनाइ छ ।

‘केही जनशिक्त हामीसँग छ, अपूग बाहिरीबाट ल्याएर भएपनि शुरु गर्न सक्छौं,’ उनले भने ।

प्राधिकरणका अनुसार बाहिरी चक्रपथ निर्माणका लागि प्राधिकरणले सडकको केन्द्रबाट दायाँ-बायाँ २ सय ५० मिटर जग्गा ल्यान्डपुलिङमार्फत लिनेछ । सडक भने ५० मिटर चौडाको बनाइने छ ।

लिइएका जग्गामा प्राधिकरणले आवश्यक सबै भौतिक संरचना निर्माण गर्नेछ । त्यसपछि सो जग्गा सम्बन्धित जग्गाधनीलाई नै फिर्ता गरिदिनेछ । १६ आना जग्गा लिएमा ४ आना प्राधिकरणले प्रयोग गर्नेछ भने १२ आना जग्गा धनीलाई फिर्ता दिनेछ ।

कूल ७२ किलोमिटर रहेने बाहिरी चक्रपथमा यसअघि ४ वटा फ्लाइओभर हुने बताइएको थियो । आयोजना सुरू भएको १० वर्षमा सबै निर्माण सक्ने बताँउदै आएपनि शुरु भएको १७ वर्षको अवधिमा डीपीआर स्वीकृत बाहेक अन्य कुनै पनि काम अघि बढ्न सकेको छैन ।


पुष्प दुलाल