चिनियाँ राजदूतसँग अर्थमन्त्रीको आग्रहः नेपालमा चिनियाँ बैंकको शाखा खोल्नु पर्यो



काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न नेपालमा चिनियाँ बैंकका शाखा आवश्यक रहेको बताएका छन् । चिनियाँ राजदूतसँगको भेटमा अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

चिनियाँ राजदूत हौ यान्कीले दुवै देशबीचको सम्बन्धलाई अझै मजबुत बनाउँदै लैजाने बताइन् ।

राजदूत यान्कीले आगामी चैत १५ र १६ गते नेपालमा हुन लागेको लगानी सम्मेलनको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

अर्थमन्त्री खतिवडाले चीनसँग सीमा जोडिएका ब्यापारिक नाका सञ्चालनमा आए नेपालको पूर्वाधार निर्माणमा सहयोग पुग्ने बताएका थिए । मन्त्री खतिवडाले दुई देशबीचमा हुने अनौपचारिक व्यापारलाई औपचारिकरुपमा रुपान्तरण गर्न जोड पनि दिएका थिए ।


पुष्प दुलाल