त्रिभुवन विमानस्थल सुधारका लागि ७ करोड ५० लाख खर्च गरिने



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारका लागि ७ करोड ५० करोड बराबरको खर्च गरिने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार विमानस्थलको सुधार तथा मर्मत र विस्तारका लागि उक्त परिमाणको रकम खर्च गरिने भएको छ ।

प्राधिकरणकाअनुसार टर्मिनल भवन बाहिर इट्टाको पर्खालमा सोलिङ प्लास्टर तथा रंगरोगनका लागि १ करोड ८० लाख, विमानस्थलको खाली क्षेत्रमा बगैचा बनाउन ७५ लाख, विशेष सेवाका लागि परामर्श खर्च १० लाख, सुरक्षा उपकरणको तार व्यवस्थापनका लागि ३० लाख, कलात्मक काष्ठकला तथा धातुका मुर्तिका लागि ३ करोड रुपैयाँ खर्च गर्ने छ ।

यस्तै भुइँतलामा सटर हटाएर अर्को राख्न, ४० लाख, टर्मिनल भवनको ओरिजिन डिजाइनका लागि १ करोड, विभिन्न समयमा निर्माण भएका तर काम नलाग्ने संरचना हटाउनका लागि १५ लाख रुपैयाँ खर्च गर्ने भएको छ ।

प्रतिनिधिसभाको विकास समितिले पनि विमानस्थल सुधारका लागि आवश्यक पहल गर्न आग्रह गरेको थियो । समितिले स्थलगत निरीक्षण गरी विमानस्थल सुधार प्रतिवेदन तयार पारी यसअघि नै बुझाइसकेको छ ।


पुष्प दुलाल