अदभुत मानिएको हुन्डाईको कोना नेपाली बजारमा, यस्ता छन विशेषता र मूल्य (भिडियाेसहित)



काठमाडौं । हुन्डाई कम्पनीले उत्पादन गरेको हुन्डाई कोना इलेक्ट्रिक कारको नेपालमा पनि बिक्री सुरु भएको छ ।

हुन्डाईका लागि आधिकारिक विक्रेता रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले उक्त गाडि आज सार्वजनिक गरेको हो । यसको शुरुवाति मूल्य ५१ लाख ९६ हजार तोकिएको छ । यो पहिलो पुर्णतया–ईलेक्ट्रीक सबकम्प्याक्ट एसयुभि हो ।

यसमा क्लोज्ड ग्रीले र अदभुत बाहिरी डिजाइन रहेको कम्पनीले दावी गर्दै आएको छ । इलेक्ट्रिक गाडी प्रयोगका लागि सरकारले नै प्रोत्साहन गरेका कारण यसको मूल्य अन्य देशको तुलनामा सस्तो रहेको र यसले राम्रो बजार लिने अनुमान विक्रेताले लिएको छ ।

नेपाली बजारमा भर्खर उपलब्ध भएको कोना इभि कार रेड, ह्वाईट, ब्ल्यु र ग्रे कलरमा उपलब्ध हुनेछ । यो कार सबै प्रयोजनका लागि चलाउन मिल्ने अत्याधुनिक प्रविधि जडित गाडि भएको विक्रेताको दावी छ ।

अदभुत बनाउने के छन त त्यस्ता विशेषता ?

कोना इभि सबैभन्दा नयाँ मोडल हो । यसको भित्री भागमा रहेको सेन्टर कन्सोलले सहजरुपमा सिफ्ट बाइ वायर मोडलले गाडि चलाउन सहयो गर्छ । सिंगल चार्ज गर्दा यसको इलेक्ट्रिक ड्राइभिङ रेन्ज ३०० किलोमिटरभन्दा बढी रहेको छ । यसका थप मुख्य विषेताहरुमा टप बटम एलइडि डिआरएल र हेडल्याम्प, ढाकिएको फ्रन्ट चार्ज पोर्ट, एलइडि रियर ल्याम्पहरु, अटोहोल्डको साथ इलेक्ट्रिक पार्किङ ब्रेक, प्याडल सिफ्टर, तातो र हावा जाने अगाडिका सिटहरु, ताररहित चार्जर, ६ एयरब्यागहरु, हिल एसिस्ट कन्ट्रोल रहेका छन ।

त्यसै गरि यसमा जडित मोटरले १०० पीएस पावर र ३९५ एनएम टर्क उत्पादन गर्ने कम्पनीको दावी छ । यसले ९.७ सेकेन्डमा ०–१०० किलोमिटर प्रति घन्टाको स्पीड लिन सक्छ । यसको टप स्पिड १५५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

यो गाडि एसि, डिसी दुबै तरिकाले चार्ज गर्न सकिन्छ । यो गाडि प्रयोगकर्ताले अन्य गाडिमा कुनै न कुनै कमजोरीमा कम्प्रोमाइज गर्नु परे जस्तो यसमा कुनै कम्प्रोमाइज नगरी फुल अप्सन, आरामदायी र सुरक्षित यात्रा गर्न सक्नेछन ।

भिडियाेमा हेर्नुहाेस


क्लिकमान्डु