लगानीकर्ताको दबाबले पछि हट्यो नेप्सेः अध्ययन गरेर मात्रै सेयरमा प्यान लगाउने सहमति



काठमाडौं । आगामी वैशाख १ गतेदेखि दोस्रो बजारमा सेयर खरिदगर्दा अनिवार्य प्यान लगाउने सरकारी निर्णयपछि सेयर लगानीकर्ताका संघ र नेपाल स्टा एक्सचेन्ज बीच शुक्रबार ३ घन्टा लामो छलफल भएको छ ।

छलफलपछि नेपालको पुँजी बजार अत्यन्तै विषय परिस्थीतीमा रहेकाले प्यान लगाउने विषयमा आवश्यक वाताबरण सृजना गर्ने र लगानीकर्ता प्रतिनिधिबाट आएका सुझाव कार्यान्वयन गर्न नियामक निकाय धितोपत्र बोर्डलाई सिफारीस गर्ने सहमति भएको छ ।

समहतिपत्रमा लगानीकर्ताको प्रतिनिधिले दिएको सुझाव कार्यान्वय गर्न पहल गर्ने पनि उल्लेख छ ।

प्यान लगाउने विषयमा नेप्सेले लगानीकर्ताहरुसँग छलफलका लागि शुक्रबार बोलाएको थियो । छलफलमा लगानीकर्ता संघका पदाधिकारीहरुले आफ्नो राय दिँदै सहमति गरेका हुन् ।

उक्त सहमतिको जानकारी नेप्सेले आइतबार बोर्डलाई गराउने नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले बताए ।

प्यानका विषयमा छलफल गर्न पुगेका लगानीकर्ताहरुले तत्काल कुनैपनि हालतमा लागु गर्न नदिने प्रतिबद्धता जनाएका छन् ।

सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले नियामक निकायले खरिदकर्ताले मात्र प्यान लिँदा कस्तो असर पर्छ भनेर नसोच्नु बिडम्बना भएको तर्क गरे ।

घटिरहेको बजारका यसले कस्तो असर पार्छ भनेर नसोची ल्याएको प्यान तत्काल कुनै हालतमा लागु नहुने उनको भनाई छ । लागु नै गर्ने हो भने अध्ययन समिति गठन गर्नै पर्ने धारणा राखे ।

नेपाल इन्भेष्टर फोरमका अन्जिव तुलाधरले बजार पेनिक भएको समयमा प्यानको कुरा ल्याउनु भनेको बजारमा अवरोध सृजना गर्न खोजेको बताए । सरकारको यो अव्यवहारिक निर्णय तत्काल फिर्ता हुनुपर्ने उनको भनाई छ ।

लगानीकर्ता प्यानको विरोधी नभएपनि यो कु बेलामा आएको उनको तर्क छ । यसको लागि अध्ययन समिति बनाएर यसले बजारलाई कस्तो असर पार्छ, लगानीकर्तालाई सकारात्मक वा नकारात्मक कस्तो प्रभाव पार्छ भन्ने अध्ययन गर्नुपर्ने बताए ।

अर्का लगानीकर्ता हरी ढकालले यो समयमा प्यानको कुरा गर्नु भनेको बेमौसमी बाजा भएको तर्क गरे ।

नियामक निकायले बेमौसमी बाजा बजाउनु भन्दा पनि लगानीकर्ताको चाहना अनुसार अघि बढनु पर्ने बताए । प्यान लगानीकर्तालाई बाध्यकारी बनाएको खण्डमा कुनै हालतमा लगानीकर्ताले लागु हुने नदिने उनको भनाई छ ।

सरकारले प्यान लगाउने हो भने आवश्यक गृहकार्य गरेर लगानीकर्तालाई प्रोत्साहन हुने गरी लागुु गर्नुपर्ने बताए ।

बैठक सुरु भएदेखि नै चर्काचर्की भएको छलफल पुरै सयम वादबिवाद नै चलिरह्यो ।


पुष्प दुलाल