तिनाउ विकास बैंकले ४ करोड नाफा कमायो



काठमाडौं । तिनाउ विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले जारी गरेको विवरण अनुसार यो अवधिमा बैंकको नाफा १.९४ प्रतिशतले बढेर ४ करोड ७ लाख ४८ हजार रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा ३ करोड ९९ लाख ७१ हजार रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.६४ प्रतिशतले बढेर ९ करोड ६० लाख ७८ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोहि अवधिमा ८ करोड ३ लाख २ हजार रुपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन मुनाफा पनि ५.४८ प्रतिशतले बढेर ५ करोड ४९ लाख १३ हजार रुपैयाँ रहेको छ । जबकि गत आवको सोहि अवधिमा यो ५ करोड २० लाख ५६ हजार रुपैयाँ रहेको थियो ।

५० करोड ६९ लाख ३४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ करोड ७६ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

५ अर्ब १७ करोड ३८ लाख २ हजार निक्षेप संकलन गरेको बैंकले ४ अर्ब ४१ करोड २३ लाख ५५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

बैंकको खराब कर्जा गत आवको सोहि अवधिको तुलनामा बढेर ०.४६प्रतिशत पुगेको छ । गत आवको सोहि अवधिमा खराब कर्जा ०.२८ प्रतिशत रहेको थियो । १६ रुपैयाँ ०८ पैसा (वार्षिक) प्रतिसेयर आम्दानी रहेको तिनाउको प्रति सेयर नेटवर्थ १३७ रुपैयाँ ०२ पैसा रहेको छ ।


पुष्प दुलाल