उद्योगको संख्या बढ्यो तर लगानी घट्यो



काठमाडौं । पछिल्लो सयम उद्योग थपिने क्रम बढेको छ । तर, उद्योग बढे पनि लगानी भने घटेको छ । खुद्रे लगानी आएकाले उद्योग बढे पनि लगानी घटेको हो ।

उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा ९ अर्ब ९ करोड २४ लाख रुपैयाँभन्दा लगानी गर्ने प्रतिवद्धता गर्दै उद्योग विभागमा २ सय ६८ वटा उद्योग दर्ता भएका छन् ।

सबैभन्दा बढी लगानीको प्रस्ताब उत्पादनमूलक क्षेत्रमा आएको छ । त्यसपछि क्रमशः उर्जा, सेवा, पर्यटन, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, कृषि तथा वनजन्य, निर्माण क्षेत्रमा लगानीको प्रतिवद्धता आएको हो ।

संघीय संरचनाले मुर्तरुप लिन नसक्दा उद्योग दर्ता बढे पनि लगानी खुम्चिन पुगेको हुनसक्ने उद्योग विभागका अधिकारीहरु बताउँछन् ।

उत्पादनमूलक क्षेत्रमा ६ अर्ब १ करोड ९१ लाख लगानी गरेका छन् भने त्यसपछि क्रमशः उर्जामूलकमा २ अर्ब १ करोड ११ लाख, सेवामूलकमा ६ करोड १५ लाख, पर्यटनमा ५ करोड ९६ लाख, सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा २ करोड ४० लाख, कृषि तथा वनजन्यमा १ करोड १ लाख, निर्माण क्षेत्रमा ६६ लाख रुपैयाँ बराबरको रकम लगानीको प्रतिवद्धता आएको छ ।

चालू आर्थिक वर्षको ६ महिनामा भएको लगानी प्रस्तावको तुलनामा गत आर्थिक वर्षको यसै अवधिको भन्दा ४ अर्ब रुपैयाँले कमी हो ।

गत आवको यसै अवधिमा २ सय ३५ वटा उद्योगमा १३ अर्ब ६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रस्ताव आएको थियो ।

उत्पादमुलक क्षेत्रमा ११ अर्ब ७७ करोड, उर्जामा १ अर्ब २ करोड ५९ लाख, पर्यटनमा ८ करोड २३ लाख, सेवामूलकमा ३ करोड १८ लाख, निर्माणमा १ करोड ४ लाख, सूचना, प्रसारण तथा सञ्चार प्रविधि ६७ लाख, कृषिजन्यमा १४ लाख र उत्पादन क्षेत्रमा ९ लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २६८ वटा भएका छन् । जुन पछिल्लो आवको सोहि अवधिको तुलनामा ३३ वटाले बढी हो । पछिल्लो आवको सोहि समयमा कुल २३५ वटा उधोग दर्ता भएका थिए ।

संघीय संरचनाले मुर्तरुप लिन नसक्दा उद्योग दर्ता बढे पनि लगानी खुम्चिन पुगेको हुनसक्ने उद्योग विभागका अधिकारीहरु बताउँछन् ।

हाल उधोग दर्ताको लागि प्रदेश अन्र्तगत उधोग पर्यटन, वन तथा वातावरणय मन्त्रालय रहेको छ जसले उधोग सञ्चालनको लागि अनुमति दिने भने पनि विविध समस्याका कराण त्यो पूर्ण हुन नसक्दा कठिनाई देखिएको छ ।


पुष्प दुलाल