सरकार बनेको एक वर्षपछि ५ आयोगमा नियुक्ति, वित्त आयोगमा पौडेल, समावेशीमा शान्तराज



काठमाडौं । संवैधानिक परिषदले ५ वटा आयोगको अध्यक्ष चयन गरेको छ । संघीयता कार्यान्वयनका लागि निकै नै महत्वपूर्ण मानिएको राष्ट्रिय प्रकृति तथा वित्त आयोगमा पूर्वसचिव बालानन्द पौडेल नियुक्ति भएका छन् ।

त्यसैगरी, पूर्वअर्थसचिव शान्तराज सुवेदीलाई भने राष्ट्रिय समावेशी आयोगको अध्यक्ष बनाइएको छ ।

त्यसैगरी, मधेशी आयोगमा बिजयकुमार दत्त, थारु आयोगमा विष्णुप्रसाद चौधरी, मुश्लिम आयोगमा समिम अन्सारीलाई नियुक्ति गरिएको हो ।

संवैधानिक परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । नयाँ सरकार गठन भएलगत्तै संविधान ब मोजिम आयोगहरु गठन गरी संघीयता कार्यान्वयनमा अघि बढ्नुपर्ने भएपनि विविध कारणले हुन सकिरहेको थिएन ।


पुष्प दुलाल