कर्मचारीको बोनस काट्ने विधेयकमा कुन सांसदले के संसोधन प्रस्ताव गरे ? (सूचिसहित)



काठमाडौं । श्रमिकको सुविधा काट्ने बोनस ऐनमा गरिएको व्यवस्थालाई संसोधन गर्न सांसद्हरुले प्रस्ताव दर्ता गराएका छन् ।

कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयकमा बोनस ऐनको संसोधन गरिएको छ ।

अर्थमन्त्रालयले श्रमिकको सुविधा काट्ने गरेर संसोधन गरेको थियो ।

अर्थमन्त्री डा युवराज खतिवडाको दवावमा श्रमिकको सुविधा काट्ने ऐन संसोधन गरिएको भन्दै उनको आलोचना भएको थियो ।

तर,केही दिन अगाडि कान्तिपुर टेलिभिजनको फायरसाइड कार्यक्रममा दिएको अन्तरर्वार्ताको क्रममा खतिवडाले आफुले त्यो काम नगरेको बताए ।
अर्थमन्त्रीले बोनस ऐन खाएको भन्ने आलोचना भएपनि यो विषय अर्थमन्त्रालय अन्तर्गत नभएको कुरा मन्त्री खतिवडाले बताएका थिए ।

अहिलेको बोनस ऐनअनुसार कर्मचारीले नाफाबाट १० प्रतिशतसम्म बोनस पाउने व्यवस्था छ । यसरी १० प्रतिशत रकमले हुन आउने ३० प्रतिशत रकम सरकारी कोषमा ७० प्रतिशत रकम कर्मचारीको सुविधाको लागि खर्च हुने भएपनि प्रतिनिधिसभामा पेश भएको विधेयकमा ३० प्रतिशत कर्मचारीको सुविधामा ७० प्रतिशत रकम सरकारले खोलेको कल्याणकारी कोषमा जाने व्यवस्था रहको छ ।

सो विधेयकमा ३० वटा संसोधनको प्रस्ताव दर्ता भएको छ । संसोधनको प्रस्ताव दर्ता गर्ने सांसद्ले यसलाई खारेज गर्न माग गरेका छन् । कतिपय सांसद्ले सयुक्त रुपमा र कतिपयले एकल रुपमा संसोधन प्रस्ताव दर्ता गराएका छन् ।

श्रमिकको सुविधा काट्ने गरेर तयार भएको बोनस ऐनको संसोधन प्रस्तावमा श्रममन्त्री गोकर्ण बिष्टले समेत असन्तुष्टी जनाएका थिए । सबै दल निकट टे«ड युनियन तथा निजी क्षेत्रले समेत सयुक्त रुपमा यो व्यवस्था हटाउन माग गरेका थिए ।


क्लिकमान्डु