व्यापारिक यात्रामा कुन देशले कति खर्च गर्छन् ?



काठमार्डौं । कुनै एक कम्पनीले अर्को देशमा व्यापार प्रवद्र्धनका लागि के कति मात्राम खर्च गर्ला भन्ने विषय व्यवापारिक विषय हुन सक्ला ।

तर पछिल्लो समय अमेरिका र चीनबीचको व्यापारिक युद्धमा परेको कम्पनी एप्पलले मात्रै चीन आउन जानका लागि हरेक दिन ५० वटा हवाई टिकट खरिद गर्ने गरेको पाइएको छ ।

उसले एक वर्ष भरीमा २ हजार करोड भारतीय रुपैयाँ बराबरको टिकट खरिद गर्ने गरेको पाइएको छ । त्यो भनेको नेपाली रुपैयाँमा ३२०० करोड हो ।

अमेरिकाको युनाइटेड एयरलाइन्सलाई मात्रै एप्पलले १००० करोडको व्यापार दिने गरेको छ । गुगल फेसबुक जस्ता कम्पनीले हवाई टिककाटका लागि मात्रै २४० करोड भारतीय मुद्रा बराबरको टिकट खरिद गर्ने गरेका छन् ।

अमेरिकन एइरलाइन्स कम्पनी युनाइटेडको खुलासा भएको एक विवरणअनुसार क्यालिफोनिर्यादेखि सांघाईको लागि हरेक दिन ५० टिकट बुक हुने गरेको छ ।

एप्पलका अधिकारीले यात्राका लागि मात्रै वार्षिक १५ करोड डलर बराबरको भुक्तानी गर्ने गरेका छन् । सबै विमान कम्पनीको टिकटको खर्च मात्रै वार्षिक २००० करोड भारतीय मुद्रा बराबर हुने गरेको छ ।

एप्पलको हवाई खर्च गुगल र फेसबुकको तुलनामा ४ गुणा बढी रहेको पाइएको छ । गुगल र फेसबुकले युनाइटेड एयरलाइन्सलाई ३.४ करोड डलर दिने गरेको छ । तर एप्पललेभ ने ४ गुणा बढी खर्च गर्ने गरेको छ ।

एप्पलका अधिकारीले सांघाई जान मात्रै कूल खर्चको २५ प्रतिशत खर्च गर्ने गरेका छन् । हङकङ तथा ताइवान पनि सँग सँगै आउने गरेको छ । एपप्लको सबै हार्यवेयर चीनमा नै तयार हुने गरेको छ ।

व्यापारिक यात्राको खर्चको कुरा गर्ने हो भने १ वर्ष भरमा १०० लाख करोड बराबरको हुने गरेको छ । सन् २०१७ को आकडा अनुसार व्यापारिक यात्रामा सबैभन्दा बढी खर्च गर्ने देश भने चीन रहेको छ ।

उसले वार्षिक २५ लाख करोड खर्च गरेको छ । २१ लाख करोड अमेरिकाले खर्च गरेको छ । भारत उक्त सूचीमा ७ औं स्थानमा रहेको छ । उसले २ लाख करोड खर्च गरेको छ ।

कम्पनीको कुरा गर्दा आइबिएम पहिलो नम्बरमा रहेको छ । उसले मात्रै ४ हजार करोड खर्च गरेको छ । यस्तै जर्मनीले ५.१ लाख करोड, जापानले ४.५ लाख करोड र बेलायतले ३.५ लाख करोड खर्च गरेको छ ।


पुष्प दुलाल