बैदेशिक सहायता १६ प्रतिशतले बढ्यो, कति ऋण कति अनुदान ?
काठमाडौं । विकास साझेदारहरुले नेपालमा गर्ने लगानी १६ प्रतिशतले बढेको छ । सरकारले बुधबार सार्वजानिक गरेको विकास सहायता प्रतिवेदन अनुसार एक वर्षको अवधिमा २२ करोड ८२ लाख अमेरिकी डलर बराबरको सहायता बढेको हो ।
अर्थ मन्त्रालयले ८ वर्षदेखि प्रत्येक वर्ष विकास सहायता प्रतिवेदन सार्वजानिक गर्दै आएको छ ।
आर्थिक वर्ष २०७३÷७४ मा १ अर्ब ३९ करोड ४६ लाख अमेरिकी डलर सहायता आएको र आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर सहायता आएको प्रतिवेदनमा उल्लेख छ ।
कुल बैदेशिक सहायतामध्ये ५०.५ प्रतिशत ऋण, ३५.१ प्रतिशत अनुदान र १४.४ प्रतिशत प्रावधिक सहायता रहेको छ ।
प्राप्त बैदेशिक सहायतामध्ये ७८ प्रतिशत राष्ट्रिय बजेट प्रणालीमार्फत् र २२ प्रतिशत बजेट प्रणाली बाहिरबाट सहायता प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । यद्यपि यो अघिल्लो वर्षको तुलनामा भन्दा सुधारको अवस्थामा छ । अघिल्लो आर्थिक वर्षमा ७३ प्रतिशत सहायता मात्रै राष्ट्रिय बजेट प्रणालीमार्फत् आएको थियो ।