सेञ्चुरी बैंकले थप्यो तीनवटा प्रदेश कार्यालय



काठमाडौ । सेञ्चुरी कमर्सियल बैंकले नेपाल राष्ट्र बैंकको निती अनुसार तीनवटा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ ।

बैंकले प्रदेश नं १ बिराटनगर, प्रदेश नं ३ मानभवन र प्रदेश नं ५ भैरहवामा प्रदेश कार्यालयहरुको स्थापना गरेको हो । यस अघि बैंकले गण्डकी प्रदेशमा पनि प्रदेश कार्यालय खोलीसकेको छ ।

बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु, ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२९ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।


पुष्प दुलाल