प्राइम कमर्सियल बैंक पुग्यो बझाङको खप्तडछान्ना गाँउपालिकामा
बझाङ । शाखा बिस्तारको क्रममा प्राइम कमर्सियल बैंकले बझाङको खप्तडछान्ना गाँउपालिकामा नयाँ शाखो शुभारम्भ गरेको छ ।
स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा ज एक समारोहका बिच खप्तडछान्ना गाँउपालिका अध्यक्ष वर्क बहादुर रोकायाले शाखा कार्यालय खप्तडछान्नाको समुदघाटन गरेका छन ।
यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहने बताएको छ ।
यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ७३ पुगेको छ ।