पाँचथर पावरको ९६ लाख २५ हजार कित्ता आइपिओ खुल्यो



काठमाडौं । पाँचथर पावर कम्पनीले आजदेखि साधारण सेयर बिक्री सुरु गरेको छ ।

कम्पनीले ९६ करोड २५ लाख रुपैयाँ बराबरका ९६ लाख २५ हजार कित्ता सेयर पहिलो चरणमा पाँचथर जिल्लाका आयोजना प्रभावित र स्थानीयवासीका लागि खुल्ला गरिएको हो ।

उक्त शेयर छिटोमा माघ १४ गते र ढिलोमा माघ २९ गते बन्द हुनेछ । उक्त शेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ९६२० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

पाँचथर हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ ८६.६२ छ भने केयर रेटिङको गे्रड ४ रेटिङ प्राप्त गरेको छ ।


क्लिकमान्डु