जनता बैंकले ८.५० प्रतिशत नगद लाभांश दिने
काठमाडौ । जनता बैंकले शेयरधीहरुलाई चुक्ता पूँजीको ८.५० प्रतिशत नगद लाभाँश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
सञ्चालक समितिका अध्यक्ष केशव बहादुर रायमाझीको अध्यक्षतामा भएको नवौं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
नवौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४÷७५ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई ६८ करोड, ६६ हजार ८ सय तीन रुपैयाँ अर्थात चुक्ता पूँजीको ८.५० प्रतिशत नगद लाभाँश वितरण गर्ने प्रस्ताव गरिएको वासलात र नाफा–नोक्सान हिसाव सहितको वित्तिय विवरणहरु स्वीकृत गरेको छ ।
सभाले सम्बन्धित निकायको स्वीकृतिमा बैक आफै वा सहायक कम्पनी मार्फत शेयर ब्रोकरेज सम्बन्धि कार्य गर्ने ब्यवस्था प्रवन्धपत्रमा थप गर्न स्वीकृत गर्नुका साथै, बैक र अन्य उपयुक्त बैक र वित्तीय संस्था एक आपसमा गाभ्न÷गाभिन (मर्जर) वा स्वदेशी विदेशी रणनीतिक साझेदारीमा जानका लागि आवश्यक अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।