सरकारी कर्मचारीलाई पेन्सन नदिने विधेयक प्रतिनिधिसभाबाट पारित



काठमाडौं । सरकारी कर्मचारीलाई पेन्सन नदिने विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

प्रतिनिधिसभामा अर्थसमितिको प्रतिवेदन सहितको निवृत्तिमरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई सर्वसम्मत रुपमामा पारित भएको हो ।
विधेयक प्रतिनिधिसभाको बैठकले पारित गरेपछि राष्ट्रियसभामा जाने छ । विधेयकमा २०७५ साउन १ देखि नियुक्त हुने सरकारी कर्मचारीलाई पेन्सन नदिने र यसको लागि योगदानमा आधारित पेन्सन फण्ड बनाइने उल्लेख छ ।

विधेयक कार्यान्वयन भएपछि सरकारी कर्मचारीको मासिक तलबबाट ६ प्रतिशत रकम पेन्सन फण्डमा काटिने छ । ६ प्रतिशत रकम सरकारले जम्मा गदिर्ने छ ।
कर्मचारीले २० वर्ष सेवा अवधी पुरा गरेपछि जम्मा सेवावर्षमा अखिरी तलबलाई गुणन गरेर आएको रकममा ५० प्रतिशतले भाग गर्दा आउने रकम पेन्सनको रुपमा पाउने छन् ।

यसले कर्मचारीले कति अवधी जागिर खाएर योगदान गरे सो अनुदानको पेन्सन पाउने छन् । २० वर्ष अगाडि सेवाबाट अलग भएमा योगदान गरेको रकमको पेन्सन एकमुष्ट पाउने विधेयकमा उल्लेख छ ।
विधेयक कार्यान्वयन भएपछि सरकारी कर्मचारी सबैमा निजामति कर्मचारी,शिक्षक,सेना,प्रहरी र शसत्र प्रहरीमा यो व्यवस्था लागु हुने छ ।


क्लिकमान्डु