कृषि विकास बैंकले शेयरधनीलाई २१ प्रतिशत लाभांश दिने

क्लिकमान्डु २०७५ पुष २७ गते १२:३३ मा प्रकाशित

काठमाडौं । कृषि विकास बैंकले सेयरधनीलाई २१.०५३ प्रतिशत लाभांश दिने भएको छ । शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५.०५३ प्रतिशत नगद र ६ प्रतिशत बोनश शेयर दिने निर्णय गरेको हो ।

गत आर्थिक वर्ष ३ अर्ब ६७ करोड ३२ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो।

सञ्चालक समितिको यो निर्णय नियामक राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै वितरण हुनेछ ।

शुक्रबारको बैठकले सरकारको अग्राधिकार शेयर वापतको ६ प्रतिशत नगद लाभांश समेत प्रस्ताव गरेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स