एनएमबि बैंकको १०% बोनश शेयर र २०% नगद लाभांश पारित




एनएमबि बैंकको २३औँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो ।

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७४÷७५ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैंकको उपरोक्त वोनश शेयर पश्चात चुक्ता पूँजी ९ अर्व ६१ करोड ८१ लाख पुग्नेछ । हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।


पुष्प दुलाल