नेपाल बङ्गलादेश बैंकले १०.५३ प्रतिशत नगद लाभांश दिने , ब्रोकर सेवा दिन सहायक कम्पनी खोल्ने
काठमाडौ । नेपाल बङ्गलादेश बैंक लिमिटेडको चौबिसौं बार्षिक साधारणसभासम्पन्न भएको छ ।
उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७४÷७५ को मुनाफा तथा जगेडा कोषबाट शेयरधनीहरुलाई १०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदको सभापतित्वमा सम्पन्न भएको उक्त सभाले बैंकको उद्देश्य संग सम्बन्धित प्रबन्धपत्रमा रहेका दफाहरुको संशोधन पनि स्वीकृत गरेको छ ।
गत आर्थिक वर्षमा बैंकले रु. १.१४ अर्ब खुद मुनाफा आर्जन गरेको थियो भने निक्षेप परिचालन रु. ४८.०५ अर्ब, कर्जा परिचालन रु. ४३.१३ अर्ब रहेको थियो । बैंकले आफ्ना ग्राहकहरु लगायत सबैलाई आगामी दिनमा मर्चेन्ट बैंकिङ्ग तथा स्टक ब्रोकर सेवा दिने उद्देश्यले सहायक कम्पनी स्थापना गर्ने जानकारी गराएको छ ।