आन्तरिकतर्फको हवाई इन्धन मूल्य घट्यो

क्लिकमान्डु २०७५ पुष २६ गते १६:५५ मा प्रकाशित

NOC

काठमाडौं । नेपाल आयल निगमलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले घटाएको छ ।

साविक १०४ रुपैयाँ ५० पैसामा बिक्री हुँदै आएको आन्तरिकतर्फको हवाई इन्धन मूल्य ९४ रुपैयाँ ५० पैसा कामय गरिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

घटेको मूल्य आज मध्यरातदेखि लागू हुने निगमले जनाएको छ । निगमले यसअघि विभिन्न चरणमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएपनि हवाई इन्धनको मूल्यभने समायोजन गरेको थिएन ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स