भारतमा विद्युतीय गाडीको प्रयोग बढ्दो , ४० मिनेट चार्ज गर्दा १४० किलोमिटरको यात्रा



काठमाडौं । संसारकै प्रदुषित शहर मध्येको एक हो भारतको राजधानी नयाँ दिल्ली । नयाँ दिल्लीको प्रदुषणको असर छिमेकी शहरमा मात्रै नभई बेला बेलामा नेपालमा समेत पर्ने गरेको छ ।

पछिल्लो पटक भारतको अर्थ मन्त्रालयले पेट्रोल तथा डिजलको बिक्री तथा वितरण कम गर्ने लक्ष्यका साथ नयाँ कदम उठाएको छ । अर्थ मन्त्रालयले विद्युतीय सवारी साधनलाई बढावा दिनजे गरी आवश्यक तयारी गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अर्थ मन्त्रालयको हवाला दिँदै समाचारमा जनाइएअनुसार पेट्रोल तथा डिजलको मूल्य घटाउने विषयमा महत्वपूर्ण निर्णय भएको छ ।अब सरकारी अधिकारीले नै विद्युतीय सवारी साधन प्रयोग गर्नुपर्नेछ ।

विद्युतीइ सवारी साधनलाई प्रवद्र्धन गर्न १५ नयाँ विद्युतीय कार ५ वर्षका लागि भाडामा लिइएको छ । ती सबै कारको प्रति महिना ४० हजार भारतीय मुद्रा भाडा तिर्नु पर्दछ । पहिलो चरणमा प्रयोगको रुपमा विद्युतीय सवारी साधान भाडामा नै लिएर पनि प्रयोग गर्न लागिएको हो । यसले आम नागरिकमा समेत विद्युतीय सवारी प्रतिको चासो बढाउनेछ र उनीहरु क्रमशः त्यसतर्फ आर्कषित हुन्छन् भन्ने सरकारी अधिकारीको दावी छ ।

अर्थ मन्त्रालयको उक्त निर्णयका कारण ३६ हजार लिटर इन्धनको बचत हुनेछ । त्यसबाट वर्षभर ४४० टन कार्बन उत्सर्जनमा समेत कमी आउनेछ । विद्युतीइ कार चार्जिङका लागि ४ वटा शिघ्र चार्ज हुने प्वाइन्ट र ६ वटा सामानइ चार्जिङ स्टेशन बनाइएको छ ।

महिन्दा् अटोमोबाइलले बनाएको उक्त विद्युतीय कार केही समय पहिले अर्थमन्त्री अरुण जेट्ली र ऊर्जा मन्त्री आर के सिँहले लन्च गरेका थिए । उक्त कारमा दुई वटा चार्जिङ प्वाइन्ट रहेका छन् । करिब ४० देखि ४५ मिनेट भित्रमा कार पूर्ण रुपमा चार्ज हुनेछ । पूर्ण रुपमा चार्ज भएपछि सो कार करिब १४० किलोमिटरसम्मको यात्रा तय गर्न सक्छ ।


क्लिकमान्डु