सुमार्गीले बैंकबाट पैसा झिकेपछि सर्बोच्चको आदेशः पैसा निकाल्न नदिनु



काठमाडौं । सर्बोच्च अदालतको अन्तरिम आदेशले व्यापारी अजेयराज सुमार्गीले बैंकबाट पैसा झिकेपछि सर्बोच्चले पैसा झिक्न नदिने अन्तरिम आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र आनन्दमोहन भट्टराईको मंगलबारको इजलाशले न्यायधीश दीपकराज जोशीको एकल इजलाशले पैसा झिक्न दिने अन्तरिम आदेशलाई खारेज गरेको हो ।

पुस १० गते पुस १० गते न्यायाधीश जोशीको इजलासले सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा ल्याएको बैदेशिक लगानी रकम नरोक्न आदेश आदेश दिएका थिए ।

सर्बोच्चको अन्तरिम आदेशसँगै सुमार्गीले बैंकबाट पैसा झिकिसकेका छन् ।

राष्ट्र बैंकले स्रोत नखुलेको भन्दै सुमार्गीले बिदेशबाट ल्याएको रकम रोकेको थियो । सर्बोच्चले अन्तरिम आदेश दिएर पैसा निकाल्ने निर्णय गरेपछि  रास्ट्रबैंकले  भ्याकेट हालेको थियो ।


क्लिकमान्डु