प्रिमियममा आइपिओ/एफपिओ ल्याउदा नेटवर्थको दुईगुणासम्म मात्र मूल्य निर्धारण गर्न पाइने



काठमाडौं । धितोपत्र बोर्डले सर्वसाधारणलाई सेयर जारी गर्दा तोकिएको न्यूनतमभन्दा एक स्तर माथि रेटिङ प्राप्त नगर्ने संस्थालाई आइपिओ जारी गर्न रोक लगाएको छ ।

बोर्डले सार्वजनिक निकाष्सनमा उच्च स्तरिय कार्यदलको सुझाव अनुसार .सर्वसाधारण लगानीकर्ताको वित्तीय साक्षरता तथा धितोपत्रबजारको विकासको अवस्थालाई मध्यनजर गरी साविकमा क्रेडिट रेटिङ्ग संस्थाबाट न्युनतम ग्रेड वा रेटिङ्ग प्राप्त गरेका संस्थाले समेत प्रारम्भिक सार्वजनिक निष्काशनगर्न सक्ने व्यवस्था रहेकोमा सोमा संशोधन गरी प्रारम्भिक सार्वजनिक निष्काशन गर्न चाहने सङ्गठित संस्थाले क्रेटिड रेटिङ्ग प्रदानगर्ने संस्थाबाट न्यूनतम ग्रेड भन्दाकम्तिमा एक स्तर माथिको रेटिङ्ग प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरेको छ । यसवाट सवभन्दा कमजोर रेटिङ्ग प्राप्त गर्ने संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्काशन गर्न नपाउने भएको छ ।

बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच विस्तार गराई ऋणपत्र बजारलाई थप गतिशील बनाउन संगठित संस्थाले ऋणपत्र जारी गर्दा जारी रकमको कम्तीमा चालिस प्रतिशत ऋणपत्र प्राकृतिक व्यक्तिलाई बिक्री वितरण गर्नको लागि छुट्टयाउनु पर्ने व्यवस्था गरिएको छ । तर यसरी छुट्याइएको ऋणपत्र तोकिएको अवधिभित्र प्राकृतिक व्यक्तिले खरिद नगरेमा अन्य खरिदकर्तालाई बिक्री गर्न सकिने छ ।

धितोपत्र सार्वजनिक निष्काशन गर्न चाहने संगठित संस्थाले सवै भन्दा न्यून रेटिङ्ग प्राप्त गरेमा सार्वजनिक निष्काशन गरिएको सम्पूर्ण धितोपत्रको प्रत्याभूति गर्नु पर्ने व्यवस्था रहेकोमा सोमा संशोधन गरी न्यूनतमभन्दा एक स्तर माथिको रेटिङ्ग प्राप्त गरेको संगठित संस्थाले समेत सम्पूर्ण धितोपत्रको प्रत्याभूति गर्नु पर्ने व्यवस्था गरिएको छ ।

प्रारम्भिक सार्वजनिक निष्काशनको प्रिमियम निर्धारण गर्दा नेटवर्थको चार गुणा सम्म कायम गर्न सक्ने व्यवस्था रहेकोमा सोमा संशोधन गरी नेटवर्थको दुई गुणा सम्म कायम गर्न सक्ने व्यवस्था गरिएको छ ।

सूचीकृत सङ्गठित संस्थाले प्रिमियममा धितोपत्रको थप सार्वजनिक निष्काशनको प्रिमियम निर्धारण गर्दा नेटवर्थको चार गुणा सम्म कायम गर्न सक्ने व्यवस्था रहेकोमा सोमा संशोधन गरी प्रिमियम निर्धारण गर्दा प्रति शेयर नेटवर्थको भन्दा बढी नहुने गरी प्रिमियम सहितको निष्काशन मूल्य निर्धारण गर्न सक्ने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु