अर्थमन्त्रीले गरे प्रधानमन्त्रीको बचाउ, राष्ट्र बैंकतिर देखाउँदै यस्तो विज्ञप्ती निकाले



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्रीको बचाउ गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि संसदमा तथ्यांक तोडमोड गर्दै कमजोर तथ्यांकलाई पनि बलियो देखाउन खोजेको भन्दै ब्यापक आलोचना भएपछि अर्थ मन्त्रालय त्यसको रक्षा गर्न लागि परेको छ ।

अर्थ मन्त्रालयलेले विज्ञप्ती नै निकाले प्रधानमन्त्रीको बचाउ गरेको छ । राष्ट्र बैंकले निकालेको तथ्यांक प्रधानमन्त्रीले संसदमा प्रस्तुत गरेको भन्दै अर्थ मन्त्रालयले प्रस्टीकरण दिएको छ ।

प्रधानमन्त्रीले संसदमा तथ्यांक तोडमोड गर्दै सरकारले प्रगति गरेको झुटो विवरण पेश गरेका थिए । तर, अर्थ मन्त्रालयले भने प्रधानमन्त्रीले तथ्यांक तोडमोड नगरेको प्रष्ट पारेको छ । अर्थले राष्ट्र बैंकले निकालेको तथ्यांक नै प्रधानमन्त्रीले प्रस्तुत गरेको बताएको छ ।

तर, केहीसमय अघि तथ्यांक तोडमोड गर्न नमानेका कारण राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापालाई अर्थमन्त्रीको दबाबमा राष्ट्र ऋण व्यवस्थापन विभागका सरुवा गरिएको थियो ।  


पुष्प दुलाल