२० अर्बको पूर्वाधार विकास बैंकलाई लाइसेन्स चाँडै



काठमाडौं । ठूल्ठूला पूर्वाधारमा लगानी गर्ने उद्देश्यले स्थापना गर्न प्रस्ताब गरिएको पूर्वाधार विकास बैंकले चाँडै लाइसेन्स पाउने भएको छ । बैंक स्थापनाका लागि राष्ट्र बैंकबाट सैद्दान्तिक स्वीकृति पाइसकेको छ ।

पूर्वाधार विकास बैंक सञ्चालन सम्बन्धी कार्यविधि तयार भइसकेको राष्ट्र बैंक स्रोतले जानकारी दियो ।

‘सरोकारवाला पक्षसँग छलफल गरेर कार्यविधिको अन्तिम रुप तयार पारिसकिएको छ,’ स्रोतले भन्यो, ‘संभवत अब बस्ने सञ्चालक समितिमा पेश हुन्छ । र, पारित हुन्छ ।’

मूख्यसचिब डा. बिमल कोइरालामा अध्यक्ष रहेको बैंकले बैंकर अनिल ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरिसकेको छ । ३÷४ वर्षदेखि तयारी भएपनि यस वर्ष भने पूर्वाधार विकास बैंक स्थापना हुने भएको हो ।

२० अर्ब चुक्ता पुँजीमध्ये १२ अर्ब संस्थापकको र ८ अर्ब रुपैयाँ सर्वसाधारणको लगानी रहनेछ ।

बैंकको संस्थापक सेयरमा पनि उद्योगी÷व्यवसायी, पूर्वप्रशासक, विभिन्न संस्थालगायतको ९० प्रतिशत र ४० प्रतिशत सर्वसाधारणको लगानी हुनेछ ।

यो बैंकले स्वदेशी तथा विदेशी मुद्रामा ऋण लिएर तथा ऋणपत्र जारी गरेर पुँजीको संकलन गर्नेछ । र, त्यसरी संकलन गरिएको पुँजी पूर्वाधार विकासमा खर्च गर्नेछ ।


पुष्प दुलाल