पूर्वाग्रह राखेर वाइडबडी खरिदमा अनियमितता गरेको आरोप लगाइयो: पर्यटनमन्त्री अधिकारी



काठमाडौं । पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले वाइडबडी खरिद प्रक्रियाको अनियमितामा आफ्नो संलग्नता नभएको बताएका छन् ।

वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड अनियमिता भएको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले ले निचोड निकालेको थियो ।

पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले आफु मन्त्री हुनु अगाडि नै भुक्तानी तालिका निर्धारण भएको र दोस्रो र तेस्रो किस्ता भुक्तानी नभएमा जहाजपनि नआउने र ९ अर्ब रुपैयाँ जोखिममा पर्ने खतरा रहेको बताए ।

उनले आफु तेस्रो पटक संसद्मा चुनिएको र संसदीय समितिले अनुमान र पूर्वाग्रहको आधारमा प्रतिवेदन दिएको बताए ।
‘निगम स्वायत्त निकाय हो,प्रक्रियागत भूमिकामा पर्यटनमन्त्रीको भूमिका हुँदैन, वाइडबडी खरिद प्रक्रियामा मेरो भूमिका छैन,’पर्यटनमन्त्री अधिकारीले पत्रकार सम्मेलनमा भने ।

उनले जहाज खरिदमा अनियमिता भए दोषीले सजाय पाउनुपर्ने भन्दै यसको लागि अख्तियार प्राप्त निकायले गर्ने छानबिनमा आफुले सहयोग गर्ने बताए । सरकारले पनि न्यायिक छानबिन आयोग गठन गरेको र सत्य कुरा बाहिर आउने बताए ।


क्लिकमान्डु