प्रतिनिधिसभामा प्रधानमन्त्रीको घोषणाः पानीजहाज काउन्टर पनि खुल्छ,टिकट पनि पाइन्छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाजको काउन्टर खुल्ने र टिकट पनि काटिने घोषणा गरेका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्ना योजनालाई खिसिट्युरी नगर्न भन्दै रेल पानीजहाज योजना नेपालको लागि ‘गेमचेन्जर’ हुने बताए ।

‘ पानीजहाजको कुरा गर्दा कागजको डुंगा फ्याँकियो, रेलका कुरा गर्दा रित्ता बाल्टिन लाइनमा राखियो । कहिले गुडिया रेल राखियो । अहिले पनि कुरा काटेको सुनेको छु– रेलको टिकट काटौँ भनेको काउन्टर खै रु हिजो नपत्याउनेहरूले आज हुन्छ भन्ने ठान्नुभएछ र कमसेकम काउन्टर खोज्न थाल्नुभएछ । धैर्य गरौँ, मेरो सुझाव छ । टिकट काट्न पाइन्छ । काउन्टर पनि खुल्छ’प्रधानमन्त्री ओलीले भने ।

उनले काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनको समझदारीपत्रमा हस्ताक्षरको तयारी भइरहेको, रक्सौल–काठमाडौं रेलमार्ग निर्माणको समझदारी पत्रमा हस्ताक्षर भइसकेकाले रेल टाढाको कुरा नभएको बताए ।

कुर्था–जयनर रेलका लागि दुईवटा रेल खरिद कार्य अघि बढेको, केरुङ–काठमाडौँको पूर्व सम्भाव्यता अध्ययन समाप्त भएको र चिनियाँ सरकारको सहयोगमा विस्तृत परियोजना प्रतिवेदन निर्माण कार्य अघि बढेको उनको भनाइ थियो ।


क्लिकमान्डु